मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

जिल्ला अदालतको आदेश : महरा बिरामी छन्, अस्पताल राख्नु 

जिल्ला अदालतको आदेश : महरा बिरामी छन्, अस्पताल राख्नु 

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    जिल्ला अदालतको आदेश : महरा बिरामी छन्, अस्पताल राख्नु 
    images

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको उपचारको व्यवस्था गर्न आदेश दिएको छ।
    जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको हो ।

    images
    images

    महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको  बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिएको सीआईबीलाई अस्पतालमा राख्न भनेको हो ।  
    संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागु हुने गरी उनलाई न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन हिरासतमा राख्न अनुमति दिएका छन । 

    images
    images

    महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो। 

     

    प्रतिक्रिया हरु
    थप समाचार