मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

गृह मन्त्रालयले सबै जिल्ला प्रशासनसँग माग्यो इजाजत प्राप्त हतियारको विवरण

गृह मन्त्रालयले सबै जिल्ला प्रशासनसँग माग्यो इजाजत प्राप्त हतियारको विवरण

साझा पोष्ट
मंगलबार, चैत ६ २०८०
  • images
    गृह मन्त्रालयले  सबै जिल्ला प्रशासनसँग माग्यो इजाजत प्राप्त हतियारको विवरण
    images

    काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

    images
    images

    सोमबार सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईका दुईजना सहयोगीहरू इजाजत लिइएका हतियारसहित पक्राउ परेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

    images
    images

    गृहले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो।

    हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ। त्यहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत दिइएका हतियारको विवरण पठाउन पत्राचार गरेको हो।

    ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भएरनभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्यविपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएकोसमेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ’, गृहले गरेको परिपत्रमा भनिएको छ।

    सोमबार ब्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालत परिसरमा अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए। प्रहरीले हातहतियारसहित प्रसाईंका सुरक्षागार्ड दीपक खड्का र रामकुमार धिमाललाई नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया हरु
    थप समाचार