मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा

काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा
    images

    काठमाडौं।  बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । बागमतीमा मुलुकको राजधानी काठमाडौंसहित ठाउँ ठाउँमा पानी परिरहेको छ । 

    images
    images

    यी तीन प्रदेशका उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । पश्चिम नेपालमा बादल लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images
    images


    भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको मौसमविद् गोविन्द झाले  जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ ।


    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र कोशी, मधेश र बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

    मौसम विभाग, पूर्वानुमान शाखाले बिहीबार र शुक्रबार पनि कोशी, मधेश र बागमती प्रदेशमा पनि बदली र वर्षाको सम्भावना रहेको जनाएको छ ।

    pani_ktm.jpg

    प्रतिक्रिया हरु
    थप समाचार