मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी, सभामुखलाई पठायो पत्र

विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी, सभामुखलाई पठायो पत्र

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    विनोद चौधरीलाई पक्राउ गर्ने  सीआईबीको तयारी, सभामुखलाई पठायो पत्र
    images

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई पक्राउ गर्ने तयारी गरेको छ । 
    त्यही योजना अनुसार अनुसन्धान गरिरहेको प्रहरीले सभामुखलाई चौधरीमाथि अनुसन्धान भैरहेको जानकारी गराएको छ । 
    सीआईबीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख छ ।

    images
    images

    पत्रमा भनिएको छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामपा–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ ।’

    images
    images

    यससँगै सांसद चौधरीलाई बयानका लागि बोलाउने वा पक्राउ गर्ने बाटो खुलेको छ । सीआईबी प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले पसांसद चौधरीलाई प्रहरीले जतिबेला पनि बयानका लागि बोलाउनसक्ने भएकोले अनुसन्धान भइरहेको विषयमा सभामुखलाई जानकारी गराएका बताएका छन् । 

    ‘संसदलाई जानकारी गराइसकेपछि अब जनुसुकै बेला हामीले बोलाउने र बयान गराउन सक्छौं’, एआईजी ज्ञवालीले साझा पोष्टसँग भने । पत्र पठाएपछि सांसदले पनि 'संसद बैठक छ' भनेर टार्न नमिल्ने उनले बताए । 

    सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि १८ माघमा सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । बुधबार मात्र बसन्त चौधरीसँग वयान कागज गराएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार