मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

महराको बयान सकियो, सुन तस्करीमा संलग्न नरहेको जवाफ

महराको बयान सकियो, सुन तस्करीमा संलग्न नरहेको जवाफ

साझा पोष्ट
शुक्रबार, चैत ९ २०८०
  • images
    महराको बयान सकियो, सुन तस्करीमा संलग्न नरहेको जवाफ
    images

    काठमाडौं ।  पूर्व सभामुख कृष्णबहादुर महराको बयान  सकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन  लगाएर महरासँग बयान लिएका हुन् ।

    images
    images

    भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    images
    images

    अनुसन्धान अधिकृतहरुसँग नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् ।   उनले सोधेका सवै प्रश्नको जवाफ दिएका थिए । तर दाओजिन वाङसँग चिनजान भएपनि  सुन तस्करीमा आफू संलग्न नरहेको उनले बताएका छन्  । 

    सुनको अवैध पैठारी(तस्करी)  नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ मा उनी पक्राउ परेका हुन् ।   महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

    चिनियाँ नागरिक वाङ सुन ल्याउने समूहका सदस्य हुन् । सुन छुटाउन चिनियाँ तस्कर  दाओजिन वाङले पूर्व सभामुख कृष्णबहादुर महरा र उनको छोराको सहयोग लिएको सिआइबीको अनुसन्धानमा देखिएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार