मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै होली पर्व

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै होली पर्व

साझा पोष्ट
आइतबार, चैत ११ २०८०
  • images
    पहाडी क्षेत्रमा हर्षोल्लासका साथ  मनाइँदै होली पर्व
    images

    काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

    images
    images

    काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताउँछन् । 'हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु,' उनी भन्छन्, 'यो पर्व मन नपराउने कमै छन् ।'

    images
    images

    फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन, नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को (परम्परागत बाजा)  बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो । 'गाउँमा अहिले पनि फागु खेल्ने चलन छ,' उनी भन्छन्, 'काठमाडौँमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।'

    हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

    नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताए । 'होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब,' उनी भन्छन्, 'सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।'

    होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ । अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले बताए । यदि कसैले नियमविपरीत गरेमा तत्काल कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।-रासस

    प्रतिक्रिया हरु
    थप समाचार