मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी ७ वर्षीया बालिकाको मृत्यु

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी ७ वर्षीया बालिकाको मृत्यु

साझा पोष्ट
सोमबार, चैत १२ २०८०
  • images
    कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी ७ वर्षीया बालिकाको मृत्यु
    images

    काठमाडौं । कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ।

    images
    images

     चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार  उनको मृत्यु भएको हो । 

    images
    images

    गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ। 


    गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यतिबेला अस्पतालमा पिआइसियू बेड खाली नभएको उनीहरुको दाबी छ।  तर आईसीयू खालि हुँदा पनि नदिइएको सूचनाहरु पनि बाहिरिएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार