मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

साझा पोष्ट
सोमबार, चैत १२ २०८०
  • images
    अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
    images

     अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् ।

    images
    images

    मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

    images
    images

    षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो ।

    दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएको प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया हरु
    थप समाचार