मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

साझा पोष्ट
मंगलबार, चैत १३ २०८०
  • images
    ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु
    images

    काठमाडौं । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    images
    images

    जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

    images
    images

    उपचारको लागि न्यूरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

     

    प्रतिक्रिया हरु
    थप समाचार