मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

ढोलाहिटी हत्याकाण्डः  मुख्य ४ जना आरोपी सार्वजनिक

ढोलाहिटी हत्याकाण्डः  मुख्य ४ जना आरोपी सार्वजनिक

साझा पोष्ट
मंगलबार, चैत १३ २०८०
  • images
    ढोलाहिटी हत्याकाण्डः   मुख्य ४ जना आरोपी सार्वजनिक
    images

    काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा२ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    images
    images


    जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी  मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

    images
    images

    प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।
    सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । घटनाको अनुसन्धानका लागि थप अरु ८ व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

     

    प्रतिक्रिया हरु
    थप समाचार