बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

अर्थ मन्त्रालयले बजेट लेखन थाल्यो, अत्यावश्यक बाहेकका भेटघाट बन्द

अर्थ मन्त्रालयले बजेट लेखन थाल्यो, अत्यावश्यक बाहेकका भेटघाट बन्द

इमेल मार्फत् बजेटमा सुझाव दिन सकिने

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    अर्थ मन्त्रालयले बजेट लेखन थाल्यो, अत्यावश्यक बाहेकका भेटघाट बन्द
    images

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८-र८२ का लागि बजेट मस्यौदा लेखनको काम  गर्दै  सबैसँग सुझाव मागेको छ ।
    अत्यावश्यक काम बाहेक भेटघाटका लागि मन्त्रालयमा नआउन आग्रह गरेको छ। 


    images
    images

    मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ। 
    विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन मन्त्रालयले भनेको छ । त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन सकिन्छ ।

    बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरु व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

    अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

    समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार