मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो
    images

    काठमाडौं ।  निर्वाचन आयोगले इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

    images
    images

    जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    images
    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यही चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

    उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ ।निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।
    उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।

    निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा पुग्ने  कार्यालयले जनाएको छ ।जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् ।

     

    प्रतिक्रिया हरु
    थप समाचार