मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

भारतको उत्तराखण्डमा ज्यान गुमाउने सात नेपाली मध्ये ६ जना बाँकेको एउटै वडाका

भारतको उत्तराखण्डमा ज्यान गुमाउने सात नेपाली मध्ये ६ जना बाँकेको एउटै वडाका

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    भारतको उत्तराखण्डमा ज्यान गुमाउने सात नेपाली मध्ये ६ जना बाँकेको एउटै वडाका
    images

    महेन्द्रनगर  । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना बाँकेको एउटै वडाका भएको खुलेको छ । मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका–८ का बासिन्दा छन् । 

    images
    images

    उक्त सवारी दुर्घटनामा परी मृत्यु हुनेमा वैजनाथ–८ का धीरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु रहेको वैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले जानकारी दिए । उनका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरु नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

    images
    images

    'सबै जना नयाँ वर्ष मनाउन घर आउँदै थिए, बाटोमै दुर्घटनामा परी ६ जनाको ज्यान गयो, दुई जना घाइते भएका छन्', वडाध्यक्ष थारुले भने, 'मृतकका आफन्तजन दुर्घटनाको खबर पाउनासाथ आज भारततर्फ गएका छन् ।” मृतकमध्ये कोही ६ महिना अघि त केही एक वर्ष अघि मजदुरीका लागि भारत गएका थिए । मृतकमध्ये तीन जना फत्तेपुर, एक जना रिहारपुर र दुई जना थपुवा गाउँका रहेको वडाध्यक्ष थारुले बताए 

    वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका दशरथ थारु र एक महिला घाइते भएकी छिन् । घटनाको खबरले पुरै वडाका बासिन्दा शोकमा छन् । 
     दुर्घटनामा परी मृत्यु भएका अर्का नेपाली मजदुर बर्दियाको बाँसगढी नगरपालिकाका रहेको बताइएको छ । सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकको मृत्यु भएको थियो ।

    बेतालघाटस्थित पुलिस थानाका सव–इन्सपेक्टर अनिस अन्सारीले शव नैनीताल सरकारी अस्पताल हल्द्धानीमा राखिएको जानकारी दिए । उनीहरु सबै घटनास्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दैआएका थिए । सोमबार काम सकिएपछि जीप भाडामा लिएर सबैजना भारतको टकनपुर हुँदैमहेन्द्रनगर आउँदै थिए । जीप चढेको केही बेरमै उनीहरु दुर्घटनामा परेका थिए । 

    बेतालघाट नजिक गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । -रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार