बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए ।


    images
    images

    विश्वविद्यालयका कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन्।

    उपकुलपति प्राडा केशरजंग बरालले उनीहरूलाई चैत १५ गते नै सिफारिस गरेका थिए। बरालले स्वतन्त्र रूपमा टिम बनाउन नपाउने हो भने त्रिविमा काम गर्न नसकिने र सुधारको प्रयास पनि सफल नहुने भन्दै अडान लिएका थिए।

    केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार