आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

कक्षा १२ को परीक्षा आजदेखि शुरु

कक्षा १२ को परीक्षा आजदेखि शुरु

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    कक्षा १२ को परीक्षा आजदेखि शुरु
    images

    काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा शुरु भएको हो । परीक्षा ११ बजेसम्म सञ्चालन चल्नेछ ।   परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।  
     यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 


    images
    images

    ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने छन् । देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

    परीक्षाका लागि बोर्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एकएक वटा परीक्षा केन्द्र छनछ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो । 

    परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालित छन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार