मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

विप्लवको पार्टी अब चुनावतिर , ०८४ को चुनावमा भाग लिने

विप्लवको पार्टी अब चुनावतिर , ०८४ को चुनावमा भाग लिने

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    विप्लवको पार्टी अब चुनावतिर , ०८४ को चुनावमा भाग लिने
    images

     काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ ।


    images
    images

    केन्द्रीय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकअघि बसेको पोलिटब्यूरो बैठकले चुनावमा जाने नीतिलाई पारित गरेको हो । 
    आजदेखि सुरू बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रूपले सुदृढ गरौैं, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने योजना सहितको प्रस्ताव पेस गरेका छन् ।

    बैठकमा विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताए । सम्बोधन गर्ने क्रममा उनले ‘चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिस्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने’ बताए ।

    ‘चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा भएकोले आगामी २०८४ मा हुने भनिएको चुनावलाई पनि त्यसरी नै लिनुपर्छ’, उनले भने ।चुनाव पनि क्रान्तिकै मोर्चा नमान्ने विगतको  कार्यनीतिक प्रयोग अब पुरानो भएको उनको भनाइ छ । साम्राज्यवाद अहिले नयाँ ढंगले आइरहेको उल्लेख गर्दै आफूहरूले पनि संघर्षको समग्र तरिका प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

    साम्राज्यवादले आफ्नो उद्देश्य पूरा गर्न कतिपय देशमा आफैंले कम्युनिष्ट पार्टी खोलेर चलाइरहेको र कम्युनिष्ट पार्टी भित्रै घुसपैठ गरेर समाजवादी आन्दोलनलाई असफल पार्ने भइसकेको जिकिर गरे ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार