मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब

आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने,  अर्थतन्त्रको आकार ५७ खर्ब
    images

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०-८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ ।

    images
    images

    राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा  आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको हो। कार्यालयका अनुसार उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत रहनेछ। 

    images
    images

    सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सहित बजेट ल्याएको थियो । तर, बजेटको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।त्यसैगरी अर्थतन्त्रको आकार समेत ५७ खर्ब ०४ अर्ब रहने कार्यालयको प्रक्षेपण छ। 

    कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गर्ने बताए ।यस वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको उनले जानकारी दिए ।आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको कार्यालयको अनुमान छ ।

    कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ ।

    चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार