मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको भेट यूएईसँग

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको भेट यूएईसँग

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको भेट यूएईसँग
    images

    काठमाडौं ।  एसीसी प्रिमियर कपको उपाधि रक्षा यात्रामा रहेको नेपालले  फाइनल प्रवेशका लागि चिर प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ । ओमानले कुवेत विरुद्ध जित निकालेपछि युएई समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेपछि नेपालसँग भेट पक्का भएको हो । 


    images
    images

    जित सँगै ओमान ४ खेलमा ८ अंक सहित समूह बी को विजेता बनेको छ । युएई ६ अंक सहित दोस्रो रहँदै सेमिफाइनलमा पुगेको छ ।
    गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक भने सेमिफाइनलमा नै भिड्न लागेका हुन् । यस्तै ओमानले भने हङकङको सामना गर्नेछ । ओमान समूह बी विजेता र हङकङ समूह ए को उपविजेता बनेका छन् । 

    नेपाल र युएई बीचको पहिलो सेमिफाइनल शुक्रबार ११ः४५ बजे हुनेछ । ओमान र हङकङ बीचको खेल भने त्यही दिन ४ः१५ बजे हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार