बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

गुजरातलाई हराउँदै दिल्ली आईपीएलको छैटौं स्थानमा

गुजरातलाई हराउँदै दिल्ली आईपीएलको छैटौं स्थानमा

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    गुजरातलाई हराउँदै दिल्ली आईपीएलको छैटौं स्थानमा
    images

    काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा तेस्रो जित हासिल गरेको छ । गुजरात टाइटन्सलाई ६ विकेटले हराउँदै दिल्ली अंक तालिकाको छैंटौ स्थानमा पुगेको छ ।


    images
    images

    घरेलु टोलीलाई ८९ रनमा अलआउट गरेको दिल्लीले ९० रनको लक्ष्य ८ ओभर ५ बलमा चार विकेट गुमाएर पुरा गर्यो । उसका लागि जेक फ्रेजर म्याकगुर्कले २०, साई होपले १९, कप्तान रिसव पन्तले नटआउट १६, अभिशेष पोरेलले १५ रन बनाए । यस्तै सुमित कुमार ९ रनमा नटआउट रहे ।

    गुजरातका लागि सन्दीप वारियरले २, राशिद खान र स्पेनसर जोन्सनले समान १ विकेट लिए । यसअघि अहमदावादमा पहिले ब्याटिंग गरेको गुजरात १७ ओभर ३ बलमा ८९ रन बनाएर आउट भयो । उसका लागि राशिद खानले सर्वाधिक ३१ रन बनाए । यस्तै साइ सुदर्शनले १२ र राहुल तेवातियाले १० रन जोडे । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार