बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

सरकारबाट बाहिरिने चेतावनीपछि लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी पनि मन्त्री नियुक्त

सरकारबाट बाहिरिने चेतावनीपछि लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी पनि मन्त्री नियुक्त

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    सरकारबाट बाहिरिने चेतावनीपछि लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी पनि मन्त्री नियुक्त
    images

    वैशाख । ६ जना बिना विभागीय मन्त्री नियुक्त गरेको एक घण्टापनि नपुग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीलाई पनि मन्त्री नियुक्त गरेका छन् ।


    images
    images


    बिहीबार बिहान एमालेका ४, नाउपा र स्वतन्त्र एक गरि ६ जनालाई महराले मन्त्री नियुक्त गरेका थिए । बिहानसम्म एकीकृत समाजवादीलाई तत्काल सरकारमा सामेल नगराउने पक्षमा रहेका महराले एकाएक मन्त्री नियुक्त गरेका हुन् । एकीकृत समाजवादीले समर्थन फिर्ता लिने चेतावनी दिएपछि  मुख्यमन्त्री महरा गलेका हुन् । लुम्बिनीमा एकीकृत समाजवादीको एक सीट मात्र रहेको छ ।

    २२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो । स्वतन्त्र सांसदलाई मन्त्री बनाउँदा मुख्यमन्त्री महराले एकीकृत समाजवादीलाई उपेक्षा गरे । सहमति अनुसार एकीकृत समाजवादीले मन्त्री नपाएको भन्दै प्रदेश सांसद अधिकारीले मुख्यमन्त्री महराप्रति रोष व्यक्त गर्दै अब मुख्यमन्त्री र सरकारलाई साथ दिन नसकिने बताइन् ।

    सरकारका प्रवक्तासमेत रहेका माओवादी नेता दीपेन्द्र पुनले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे निर्णय नभएको पत्रकारहरुलाई प्रतिक्रिया दिए । तर त्यसको एक घण्टा नबित्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नेकपा एकीकृत समाजवादीकी अधिकारीलाई पनि विना विभागीय मन्त्री नियुक्त गर्दै अर्को सूची सार्वजनिक भयो ।

    चार दलबीच सहमति भइसकेको अवस्थामा नागरिक उन्मुक्ति पार्टीलाई पनि गठबन्धनमा मिसाएर आफ्नो दललाई हेपिएको एकीकृत समाजवादीकी सांसद अधिकारीले बताइन् । तयसपछि उनको नियुक्ति भयो । नवनियुक्त बिना विभागीय मन्त्रीहरुको शपथ आजै साँझ ५ बजेका लागि तय गरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार