बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

एमालेकै समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी

एमालेकै समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    एमालेकै समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी
    images

    काठमाडौं । मुख्यमन्त्रीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र सुदूरपश्चिममा देखिएको विवाद सकिएको छ । 
    सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेकै समर्थनमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्।


    images
    images

    नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।


    एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउन अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन्।


    रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा सोडारीले दाबी पेस गर्न लागेका हुन्। मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार