बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

माधव नेपालले देउवासित छलफल गर्नु सामान्य : झलनाथ

माधव नेपालले देउवासित छलफल गर्नु सामान्य : झलनाथ

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    माधव नेपालले देउवासित छलफल गर्नु सामान्य : झलनाथ
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने प्रष्टीकरण दिएका छन् ।


    images
    images

    अध्यक्ष माधव नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य रहेको भन्दै गठबन्धनमा समस्या नपर्ने बताए । गठबन्धनमा असन्तुष्टि बढिरहेको बेला नेता खनालले आवश्यक महसुस भएरै पहिलाको सत्ता समीकरण परिवर्तन गरेको बताए ।

    विराटनगरमा उनले भने, ‘आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको हो। त्यसैले यो परिवर्तन हुँदैन ।’ गठबन्धनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूहरुले हेपेको भन्दै असन्तुष्ट नेपालले देउवासँग वैकल्पिक गठबन्धन बनाउने प्रयास जारी राख्ने सहमति गरेका थिए ।

    त्यो सहमतिपछि हिजो प्रधानमन्त्री प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार