शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते

संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते
    images

    काठमाडौं । काठमाडौबाट संखुवासभा जाँदै गरेको माइक्रोबस आज बिहान धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।


    images
    images

    धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

     घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउ उपचार भइरहेको छ।

    सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको प्रहरीको अनुमान  छ । तर, चालकले भने साँघुरो बाटोमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्। 


    दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार