शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

दीपेन्द्रको आक्रामक फिनिसिङमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

दीपेन्द्रको आक्रामक फिनिसिङमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    दीपेन्द्रको आक्रामक फिनिसिङमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
    images

    काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि भैरहेको  प्रतिस्पर्धामा हङकङलाई १ सय ४० रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका ऐरीले तीन छक्का र चार चौका हाने । ऐरीले अन्तिम ओभरमा एजाज खानलाई २० रन प्रहार गरे ।  सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाए ।


    images
    images

    नेपालले आफ्नो खराब ब्याटिङलाई निरन्तरता दिँदै  निकै खराब खेल्यो । कुशल भूर्तेल र आशिफ शेख आज पनि असफल भए । कुशल आज पनि खाता नै नखोली आउट भए । कुशल मल्लले पनि खराब प्रदर्शनमा सुधार गर्न सकेनन् । ३२ रनमा तीन विकेट गुमाएको नेपालले ५० रन चौथो, ७४ रनमा पाँचौं, ८७ रनमा छैटौं र सातौ  विकेट गुमाएको थियो । थप ११ रन जोड्दा नेपालले आठौं विकेट गुमायो । तर दीपेन्द्र सिंह ऐरीले नेपालका लागि फाईट गर्दै आक्रामक फिनिस गरे । । आजको खेल जित्ने टिमले इमर्जिङ टिम्स कप खेल्न पाउनेछ । 

    हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार