शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

इमर्जिङ एसिया कपमा पनि छनौट हुन सकेन नेपाल, हङकङसँग पराजित

इमर्जिङ एसिया कपमा पनि छनौट हुन सकेन नेपाल, हङकङसँग पराजित

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    इमर्जिङ एसिया कपमा पनि छनौट हुन सकेन नेपाल,  हङकङसँग  पराजित
    images

    काठमाडौं ।  नेपाल इमर्जिङ टिम्स एसिया कपमा पनि छनौट हुन असफल भएको छ । शुक्रवार यूएईसँग हारेपछि एसिया कप खेल्ने बाटो बन्द भएको नेपाल अर्को दिन फेरि हङकङसँग हारेर इमर्जिङ टिम्स एसिया कपमा पनि छनौट हुन असफल भएको हो । 
    योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन् । खराब ब्याटिङकै कारण नेपालले दुई ठूला प्रतियोगिता खेल्ने अवसर गुमायो । 


    images
    images

    ओमानमा जारी प्रिमियर कपमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग चार विकेटले पराजित भयो । नेपालले दिएको १४० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदै पुरा गर्यो । 

    हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए ।

    नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

    यसअघि  टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका ऐरीले तीन छक्का र चार चौका हाने । ऐरीले अन्तिम ओभरमा एजाज खानलाई २० रन प्रहार गरे ।  सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाए ।

    नेपालले आफ्नो खराब ब्याटिङलाई निरन्तरता दिँदै  निकै खराब खेल्यो । कुशल भूर्तेल र आशिफ शेख आज पनि असफल भए । कुशल आज पनि खाता नै नखोली आउट भए । कुशल मल्लले पनि खराब प्रदर्शनमा सुधार गर्न सकेनन् । ३२ रनमा तीन विकेट गुमाएको नेपालले ५० रन चौथो, ७४ रनमा पाँचौं, ८७ रनमा छैटौं र सातौ  विकेट गुमाएको थियो । थप ११ रन जोड्दा नेपालले आठौं विकेट गुमायो । तर दीपेन्द्र सिंह ऐरीले नेपालका लागि फाईट गर्दै आक्रामक फिनिस गरे । । आजको खेल जित्ने टिमले इमर्जिङ टिम्स कप खेल्न पाउनेछ । 

    हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार