शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

पञ्जाबमाथि गुजरातको जित

पञ्जाबमाथि गुजरातको जित

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    पञ्जाबमाथि गुजरातको जित
    images

    काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराती भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ । 


    images
    images

    मोहालीमा भएको खेलमा पञ्जाव किंग्सलाई तीन विकेटले हराउँदै टाइटन्स  छैटौं स्थानमा उक्लिएको छ । राहुल टेवाटियाले १८ बलमा ३६ रनको योगदान गरेपछि पञ्जावले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले १९ ओभर एक बलमा सात विकेट गुमाउँदै पुरा गर्‍यो । गुजरातका लागि शुभमन गिलले ३५ र साइ सुदर्सनले ३१ रन बनाए भने ऋद्धिमान शाहा र अज्मतुल्लाह ओमरजाईले १३–१३ रन बनाए । 

    बलिङतर्फ पञ्जावका हर्सल पटेलले तीन विकेट र लियाम लिभिङस्टोनले दुई विकेट हात पारे ।टस जितेर ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । यसका लागि प्रभासिमरन सिंहले ३५ रन बनाए भने हरप्रित भ्रारले २९ रन जोडे । 

    पञ्जाबलाई सस्तैमा आउट गर्न  साई किशोरलेचार विकेट लिए भने मोहित शर्मा र नुर अहमदले दुई दुई विकेट लिए । जितसँगै गुजरातले आठ खेलमा आठ अंक जोडेको छ समान खेलबाट चार अंक जोडेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार