मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

भोलि कतारका राजा आउँदा सार्वजनिक बिदा

भोलि कतारका राजा आउँदा सार्वजनिक बिदा

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    भोलि कतारका राजा आउँदा सार्वजनिक बिदा
    images

     काठमाडौं । कतारका अमिर (राजा) नेपाल आउँदा भोलि मंगलबार सरकारले  सार्वजनिक बिदा दिएको छ ।

    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    images
    images

    कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

    बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।सोमवार मात्रै परराष्ट्र मन्त्रालयले कतारी अमिर नेपाल भ्रमणमा आउन लागेको औपचारिक घोषणा गरेको थियो । 

    प्रतिक्रिया हरु
    थप समाचार