शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

मुम्बईमाथि राजस्थानको शानदार जित, यशस्वीको शतक

मुम्बईमाथि राजस्थानको शानदार जित, यशस्वीको शतक

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    मुम्बईमाथि राजस्थानको शानदार जित, यशस्वीको शतक
    images

    काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थानले फराकिलो जित निकाल्यो । 


    images
    images

    सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै रहँदै प्लेअफ नजिक पुगेको छ ।राजस्थान ८ खेलमा ७ मा जित र १ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ । मुम्बई प्लेअफमा पुग्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ ।

    १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर यशस्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्कासहित १०४ रनको नटआउट इनिङ खेले । कप्तान सञ्जु स्यामसनले २८ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए । जोश बटलर २५ बलमा ६ चौकासहित ३५ रन जोडे । मुम्बईका लागि एक मात्रै विकेट स्पिनर पियुष चावलाले लिए ।

    त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन बनाए । नेहाल बढेराले २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाए । एक समय ७।३ ओभरमा ५२–४को अवस्थामा पुगेको मुम्बईलाई नेहाल र तिलकले ९९ रनको साझेदारी गरेका थिए ।

    ओपनर रोहित शर्मा ६, ईशान किशन शून्य, सूयकुमार यादव १०, मोहम्मद नाबी २३ र हार्दिक पान्ड्या १० रनमा आउट भए ।राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २, आवेश खान र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार