शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

लोकतन्त्रका १८ वर्षः नागरिकमा आशा होईन, आक्रोश बढ्दै

लोकतन्त्रका १८ वर्षः नागरिकमा आशा होईन, आक्रोश बढ्दै

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    लोकतन्त्रका १८ वर्षः नागरिकमा आशा होईन, आक्रोश बढ्दै
    images

    काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६२–०६३ को जनआन्दोलन सफल भई। २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ।
    सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२र६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।


    images
    images

    २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलको माग बमोजिम ज्ञानेन्द्रले संसद् पुनःस्थापना गरेका थिए। पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

    जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो।

    यो जनआन्दोलनको जगमा तत्कालीन नेकपा माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता सम्पन्न भएको थियो। यही आन्दोलनपछि संविधानसभा चुनाव भयो र संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश घोषणा गरेको थियो । 

    संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्थामा देश गएको छ। तीन तहको सरकार बनेका छन्। गाउँगाउँमा अधिकार पुगेका छन्। तर त्यस अनुरुपको विकास हुन नसकेको भन्दै जनताले निराशा व्यक्त गरिरहेका छन्।

    देशमा भएको परिवर्तन सहीरुपमा संस्थागत हुन नसकेको र राजनीतिक दलले पुरानै चरित्र प्रदर्शन गरेको भन्दै जनतामा निराशा भने व्याप्त छ । दल र तिनका नेता सत्ता स्वार्थमा अल्झेका छन् । सत्ता स्वार्थका लागि गठबन्धन बन्ने र फेरिने पुरानै चक्र चलिरहेको छ । 
    सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति बेला  असन्तुष्टि बढ्दै गएको छ । 
    नागरिकको जीवनस्तर सुधारका लागि कदम चालेर सीमित व्यक्तिको रजगज भैरहेको यो अवस्था नसुधारे समय र जनताको आँधीले कसैलाई छोड्ने छैन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार