शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

सार्वजनिक बिदाबारे गृहमन्त्रीले मुख खोले: तीन दशकका अभ्यास सच्याउन समय लाग्छ

सार्वजनिक बिदाबारे गृहमन्त्रीले मुख खोले: तीन दशकका अभ्यास सच्याउन समय लाग्छ

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    सार्वजनिक बिदाबारे गृहमन्त्रीले मुख खोले: तीन दशकका अभ्यास सच्याउन समय लाग्छ
    images

    काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न  सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् ।


    images
    images

    सामाजिक सञ्जालमा धेरैले सार्वजनिक विदाको औचित्यमा प्रश्न उठाएपछि लामिछानेले सामाजिक सञ्जालबाटै प्रष्टिकरण दिएका हुन् । 

    कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ ।

     अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको उनले बताएका छन् ।

     ‘विगतका कयौं निर्णय र परम्परा  छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

    लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार