शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक वैशाख २६ गते बस्ने

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक वैशाख २६ गते बस्ने

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक वैशाख २६ गते बस्ने
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०ले वैशाख २६ गते स्थायी कमिटी बैठक बोलाएको छ । 


    images
    images

    महाधिवेशनको तयारी, पार्टी संगठन तथा जनवर्गीय संगठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

    बैठकले पारित गर्ने राजनीतिक, सांगठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका संगठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुनेछ । 

    समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दैछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार