शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ : रवि लामिछाने

राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ : रवि लामिछाने

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ : रवि लामिछाने
    images

    काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा पत्र झोलामा बोकेर हिँडेको भन्दै काम गर्न नसके सरकार छोड्ने बताएका छन् । 


    images
    images

    इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने  र  डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा बोकेर हिंडेको बताए । ‘काम गर्न नसकेको दिनमा, काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर झुन्डिएर बस्ने हाम्रो स्वभाव होइन । काम गर्न पाइएन भने डेट मात्र लेख्न मिल्ने गरेर राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ हामी सबै मन्त्रीहरू । जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन ।’

    उनले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि दाबी गरे ।  ‘१०० दिनमा हामीले लिएका प्रत्येक मन्त्रालयसँग देखाउने १०० वटा कामको सूची हुन्छ । कतिपय काम शान्त भएर गर्नुपर्ने रहेछ ।’ उनले भने, गृह मन्त्रालय अलिकति संवेदनशील भएकाले यहाँ भइरहेका कामबारे मैले बताउन मिल्दैन । तर, नतिजा आएपछि सबैलाई थाहा हुन्छ ।’

    आफ्नो पार्टीका उम्मेदवार मिलन लिम्बुविरुद्ध परिचालित मान्छेले अफवाह फैलाइरहेको लामिछानेले बताए ।
    ‘हाम्रो उम्मेदवारका विरुद्ध अफवाहहरू चलेका रहेछन् । भाडाका मान्छेहरू किन परिचालित हुन्छन् एउटा नयाँ दलविरुद्ध जो राजनीतिलाई सङ्ल्याउने कोसिस गरिरहेको छ । त्यसकाविरुद्ध भएभरका सबै शक्ति किन लाग्नपर्‍यो रु हामीले त घण्टी मात्रै बजाएको जस्तो लाग्थ्यो, तर उहाँहरूको मनमा त ढ्यांग्रो बजेछ । हामीले त चुनाव चिन्ह घण्टी होइन ढ्याङ्ग्रो नै राख्नुपर्ने रहेछ ।’

    उनले सबै अफवाहको जवाफ दिइराख्नु नपर्ने बताए । ‘जवाफ दिएर कहाँ हिँड्ने ? मिलन लिम्बुले आरोप प्रत्यारोपको जवाफ लिएर हिँड्दैन । किसानको मुद्दा बोकेर हिँड्छ । बेथिति विसंगतिको फाइल लिएर हिँड्छ । चोक चोकमा भाडामा पठाइएका मान्छेले सोधेका प्रश्नको जवाफ दिनुपर्दैन,’ लामिछानेले भने । इलाम २ मा वैशाख १५ गते उपचुनाव हुँदैछ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार