काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी निजी विमानमा दिउँसो ३ः ३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले थानीलाई विमानस्थलामा स्वागत गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् ।आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।
मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन् ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपरान्ह कतार फर्किने छन् ।