काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा योगेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
‘रोहित श्रेष्ठ र जीवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।