२०८३, कात्तिक ७ गते

शुक्रबार, कात्तिक ७ गते २०८३

शुक्रबार, कात्तिक ७ गते २०८३

मोरङमा चिउरा मिलमा आगलागी, डेढ करोड रुपैयाँको क्षति

मोरङमा चिउरा मिलमा आगलागी, डेढ करोड रुपैयाँको क्षति

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    images
    मोरङमा चिउरा मिलमा आगलागी, डेढ करोड रुपैयाँको क्षति

    काठमाडौं । मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगो लाग्दा मिलका मेसिनरी सामानसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।


    images

    मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन ।

    आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार