२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सिक्किम आइपुग्यो मनसुन, नेपालमा ११ दिनपछि भित्रिने

सिक्किम आइपुग्यो मनसुन, नेपालमा ११ दिनपछि भित्रिने

शनिबार, जेठ १९ २०८१
  • images
    images
    सिक्किम आइपुग्यो मनसुन, नेपालमा ११ दिनपछि भित्रिने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।


    images

    विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ ।

    यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ । रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार