२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रवारदेखि सुनुवाइ थाल्ने

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रवारदेखि सुनुवाइ थाल्ने

साझा पोष्ट
बिहीबार , कात्तिक २० २०८३
  • images
    सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रवारदेखि सुनुवाइ थाल्ने
    images

    काठमाडौं, कात्तिक १९ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीश विरुद्ध २८ वटा उजुरी परेका छन् । 


    images

    संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन्। उहाँकाअनुसार प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन् । 

    चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उनले जानकारी दिए । तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उनको भनाई छ ।

    उनले भने,  ‘१३ जना व्यक्तिले उजुरी गर्नुभएको छ, त्यो मध्ये डाक्टर रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारुको विरुद्धमा ६ वटा, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरू परेको छ । त्यसमा ५ जनाले सबै जनालाई उजुरी दिनुभएको छ ।’

    समितिको बैठकले उजुरीकर्तालाई शुक्रवार समितिमा बोलाएर उजुरीको पुष्टि तथा औचित्यबारे छलफल गर्ने र त्यसपछि प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने कार्यतालिका पारित गरेको छ । पारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रवार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बाग चन्द र चन्द्रबहादुर सारुसँग सुनुवाइ गर्ने कार्यतालिका तय गरिएको छ ।

    त्यस्तै, कात्तिक २१ गते शनिवार प्रस्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाइ गर्ने र आवश्यक निर्णय गर्ने समितिको तयारी छ । संसदीय सुनुवाइका लागि तोकिएको ४५ दिनको समयसीमा नजिकिँदै गएको र दसैँ तथा तिहारको बिदाका कारण प्रक्रिया प्रभावित हुनसक्ने भएकाले तिहार अगाडी नै सुनुवाइ सक्नेगरि समितिले कार्यतालिका तय गरेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १५ बमोजिम सचिवालयले प्रस्ताव गरेको कार्यतालिका समितिले परिमार्जनसहित पारित गरेको सभापति श्रेष्ठले जानकारी दिए । समितिको बैठक शुक्रवार बिहान ९:३० बजेलाई बोलाइएको छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार