काठमाडौं । विराटनगरमा एक युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
प्रहरीले भने घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ । घाइते रायको अवस्था गम्भीर छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन ।



