२०८३, कात्तिक ७ गते

शुक्रबार, कात्तिक ७ गते २०८३

शुक्रबार, कात्तिक ७ गते २०८३

केटी जिस्क्याएको निहुँमा ग्याङ फाइटः एक जनाको गयो ज्यान, ४ जना पक्राउ

केटी जिस्क्याएको निहुँमा ग्याङ फाइटः एक जनाको गयो ज्यान, ४ जना पक्राउ

साझा पोष्ट
बुधबार, असार २६ २०८१
  • images
    images
    केटी जिस्क्याएको निहुँमा ग्याङ फाइटः एक जनाको गयो ज्यान, ४ जना पक्राउ

    काठमाडौं। मोरङको कटहरी गाउँपालिका–१ जमरटोकीका करण कामतको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।


    images

    केटी जिस्क्याएको निहुँमा दुई समूहबीच झगडा हुँदा कामतको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनामा संलग्न रहेको आरोपमा विराटनगरका सोनु गिरी, भोजपुरका सञ्जय पुरी र ताप्लेजुङका दावा शेर्पालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ । एकजना नाबालक छन् । 

    सोमबार राति दुई समूहबीच झडप हुँदा करणको मृत्यु साथै अरु २ जना घाइते भएका थिए । घाइते विराटनगर २ स्थित नेपाल टेलिकम अगाडि भेटिएका थिए । घाइते भएकाहरू कटहरी(१ जमोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    कुटपिटमा संलग्न अर्को समूहका ४ जनालाई प्रहरी पक्राउ गरेको हो । आइतबार मृतक करणको समूहले युवतीलाई जिस्काएको भन्दै दुई समूहबीच भनाभनबाट झगडा सुरू भएको प्रहरीले जनाएको छ  ।

    द्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी ज्ञानबहादुर बस्नेतले बताए । ‘घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ,’ उनले भने, ‘विभिन्न पाटोबाट विस्तृतमा अनुसन्धान भइरहेको छ ।’

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार