काठमाडौं । विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ।
विराटनगर महानगरपालिका–५ स्थित बरगाँछिमा रहेको अस्पतालको भुँइतलामा रहेको आईसीयू कक्षमा विद्युत् सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भेन्टिलेटर ४ थान, एक्स रे मेसिन १ थान, मोनिटर १२ थान, ईसीजी मेसिन १ थान, ईभी मेसिर १ थान, एसी ३ थान, आईसीयू बेड १० थान जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।




