२०८३, कात्तिक ७ गते

शुक्रबार, कात्तिक ७ गते २०८३

शुक्रबार, कात्तिक ७ गते २०८३

विश्वकप क्रिकेटको छनोट प्लेअफ नेपालमा हुने

विश्वकप क्रिकेटको छनोट प्लेअफ नेपालमा हुने

साझा पोष्ट
बिहीबार , कात्तिक ६ २०८३
  • images
    images
    विश्वकप  क्रिकेटको छनोट प्लेअफ नेपालमा हुने

    काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा प्रतियोगिता  गर्ने जनाएको छ।


    images


    क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रतियोगितामा पुरुष क्रिकेट विश्वकप लिग २ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग  ए र बीका शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।

    यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।

    हालसम्म प्लेअफ खेल्ने ६ टोलीको टुङ्गो लागिसकेको छ । नेपालसहित क्यानडा र यूएई लिग २ को अन्तिम चारमा रहने पक्का भइसकेको छ ।
    विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।


    क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।

    can.jpg
    u

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार