काठमाडौं । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ । हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ ।
भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले थामे गाउँ नराम्ररी प्रभावित भएको छ । बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । खोटाङको ड्याम्लीटार, रबुवा,हात्तीटार, जयरामघाट, ओखलढुङ्गा जिल्लाको ठुलीबेशी लगायतका स्थानमा बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।



