२०८३, कात्तिक ६ गते

बिहीबार , कात्तिक ६ गते २०८३

बिहीबार , कात्तिक ६ गते २०८३

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले अनशन तोडे

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले अनशन तोडे

साझा पोष्ट
बिहीबार , भदौ २७ २०८१
  • images
    images
    कोशीका पूर्वमुख्यमन्त्री कार्कीले अनशन तोडे

    काठमाडौं । आमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।


    images

    नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनशन तोडेका हुन् ।

    पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिएका थिए । यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन भएको र नभएको भए सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोडेका हुन् ।
    थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार