२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

मेयर र वडाध्यक्षहरूले भने: स्थानीय बासिन्दा पाथीभरामा केबलकार निर्माणका पक्षमा छन

मेयर र वडाध्यक्षहरूले भने: स्थानीय बासिन्दा पाथीभरामा केबलकार निर्माणका पक्षमा छन

साझा पोष्ट
सोमबार, माघ २८ २०८१
  • images
    images
    मेयर र वडाध्यक्षहरूले भने:  स्थानीय  बासिन्दा पाथीभरामा केबलकार निर्माणका पक्षमा छन

    काठमाडौं । पाथीभरा केबलकार बन्न लागेको स्थल ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबै जनप्रतिनिधिले स्थानीय कोही पनि केबलकारको विपक्षमा नरहेको भन्दै आन्दोलन गर्नेहरूका कारण राजनीतिकरण भएको बताएका छन् ।


    images

    मेयर अमिर मादेन र ७ वटै वडाका वडाध्यक्षले सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाका मेयर आन्दोलनकारीमाथि प्रश्न उठाएका हुन् । उनीहरुले  वार्ताबाट नभाग्न आग्रह गर्दै सरकारसँगको वार्तामा ताप्लेजुङ बाहिरका मानिस सहभागी भएकोमा असन्तुष्टि जनाएका छन् । बाहिरका मान्छे वार्तामा सहभागी हुँदा वार्ता सफल नभएको उनीहरुको निष्कर्ष छ । 

    मेयर मादेनले वार्ता भाँडिएको भन्ने विषयले आफूलाई चिन्तित बनाएको बताउँदै भने, ‘तपाईंहरू समाधान निकाल्ने ठाउँमा पुग्नु भएको छ, वार्ताबाट नभाग्नुहोस्, समाधान निकालेर फर्कनु होस् ।’

     स्थानीय तहलाई केबलकार निर्माणको अनुमति दिने अधिकार भएकाले त्यो अधिकार आफूभन्दा अगाडिको मेयरले प्रयोग गरेको भन्दै  मेयर मादेनले आफूले भने त्यसको नवीकरण गरिदिएको बताए । उनले केबलकारको विषयमा राजनीति मिसिएको टिप्पणी गर्दै राजनीतिकरण गरेर ताप्लेजुङको समस्या समाधान नहुने समेत बताए ।

    पत्रकार सम्मेलनमा उपस्थित केबलकार आयोजना प्रभावित क्षेत्रका सबै वडाध्यक्षले आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप भएको बताएका थिए ।

    उनीहरुले आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरे । ताप्लेजुङका जनता केबलकारको विपक्षमा छन् भनेर फैलाइएको भ्रमप्रति आपत्ति जनाउँदै उनिहरुले मिडियाकर्मीलाई वास्तविक जनताको आवाज बोल्न आग्रह गरे ।

    केबलकार निर्माण हुने फुङलिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष योगेश भट्टराईले आफ्नो वडाका शतप्रतिशत जस्तै जनता केबलकारको पक्षमा रहेको र कहिले बन्छ भनेर व्यग्र प्रतीक्षामा रहेको पनि बताए । ‘मेरो वडाका जनताले विरोध गरे त्यहाँ बन्नै सक्दैन,’ उनले भने, ‘तर विरोधमा जनता छैनन् ।’

    फुङलिङ–९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवाद निकालेर समुदायलाई विभाजित गर्न लागेकोमा आक्रोश व्यक्त गरे । वडा नम्बर २ का मोहन न्यौपाने, ३ का टंक पालुङवा, ७ का योगेन्द्र निरौला, ६ का तेज गुरुङले केबलकार निर्माण गर्नुपर्ने र आन्दोलनरत समूहलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरे । वडा नम्बर ४ का दुर्गा पालुङवाले भने सहमति गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

    फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख तारा भट्टराई, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले केबलकार निर्माणमा अवरोध पुर्याउन नहुने तर्क राख्नै बन्द हड्ताल गरेर जनता, नागरिकलाई दुःख दिने कार्यक्रम नल्याउन आन्दोलनरत समूहलाई आग्रह गरे ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार