२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

डीआरएस लागू हुने भएपछि एनपीएलका खेलकाे समय परिवर्तन

डीआरएस लागू हुने भएपछि एनपीएलका खेलकाे समय परिवर्तन

साझा पोष्ट
मंगलबार, कात्तिक ४ २०८३
  • images
    images
    डीआरएस लागू हुने भएपछि  एनपीएलका खेलकाे समय परिवर्तन

    काठमाडौं,कात्तिक ३ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि लागू हुने भएको छ ।


    images

    डिआरएस लागू हुने भएपछि खेल समय परिवर्तन गरिएको छ । क्यानका सचिव पारस खड्काले  विज्ञप्ति निकालेर यो जानकारी दिएका हुन् । 
    संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ भने दोस्रो खेल बेलुकी ५ बजे सुरु हुनेछ ।

    यस्तै, दैनिक एक खेल मात्रै हुने दिन उक्त खेल बेलुकी ५ बजेदेखि सुरु हुने क्यानले जनाएको छ।

    यसअघि पनि पहिलो खेल १२ः३० बजेबाट रहेको थियो भने दोस्रो खेल ४ः३० बजे राखिएको थियो। दैनिक एक मात्र खेल हुने समय पनि ४ः३० बजे थियो ।

     

    एनपीएल कात्तिक ९ देखि सुरू हुँदै छ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

    Fixture (3).jpeg

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार