२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एक सातामै फर्किए ज्ञानेन्द्र

एक सातामै फर्किए ज्ञानेन्द्र

ज्ञानेन्द्र

शाह पोखराको एक साता लामो बसाईँ सकेर आइतवार दिउँसो काठमाडौं फर्के

आइतबार, फागुन २५ २०८१
  • images
    images
    एक सातामै फर्किए ज्ञानेन्द्र

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराको एक साता लामो बसाईँ सकेर आइतवार दिउँसो काठमाडौं फर्केका छन् ।


    images

    विमानस्थल बाहिर समर्थकले उनको स्वागत गरेका छन् ।

    सम्भावित अराजकता रोक्न सरकारले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारेकोे थियो ।राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ संस्था तथा समूहहरूले ज्ञानेन्द्रको स्वागतमा र्‍याली निकालेका छन् । 

    पूर्वराजा शाहलाई विमानस्थल बाहिर भेला भएका समर्थकले उनको नीजि निवास निर्मल निवाससम्म पुर्याउने कार्यतालिका बनाएका छन् ।

    शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै थिए । 

    पूर्व राजा शाहका गणतन्त्र विरोधी समर्थकहरु राजसंस्था फर्काउन चाहन्छन् ।यसैका लागि उनीहरुले राजतन्त्रपक्षधर गतिविधि बढाएका छन् ।

    शाहका गतिविधि बढेसँगै प्रमुख दलका शीर्ष नेताहरुले गणतन्त्र विरोधी गतिविधि नगरी दल खोलेर चुनावी मैदानमा आउन चेतवानी दिएका छन् ।

    गत ७ फागुनमा प्रजातन्त्र दिवसका दिन जारी सन्देशमा शाहल देश बचाउन आफुलाई सहयोग गर्न अपिल गरेका थिए ।

    संसद्का् चौथौँ शक्ति राप्रपा र विवादित व्यवसायी दुर्गा प्रसाईंको समूहले शाहको पक्षमा गतिविधि गर्दै आएका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार