२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

सुनसरीमा गोली चल्यो, दुई जना घाइते

सुनसरीमा गोली चल्यो, दुई जना घाइते

साझा पोष्ट
सोमबार, वैशाख १ २०८२
  • images
    images
    सुनसरीमा गोली चल्यो, दुई जना घाइते

    इनरुवा (सुनसरी)। यहाँको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा आज साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् ।
     
    घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । 
     
    अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
     
    तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस


    images

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार