२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

साझा पोष्ट
मंगलबार, वैशाख २ २०८२
  • images
    images
    सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

    किमाथाङ्का  । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।


    images


    सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।


    चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ । रासस

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार