२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

साझा पोष्ट
मंगलबार, वैशाख २३ २०८२
  • images
    images
    धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते

    काठमाडौं ।  धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । जस मध्ये २ जनाको अवस्था गम्भीर छ ।


    images

    सोमबार दिउँसो  धरानबाट  यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस  कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खस्दा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६  का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार