२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

अप्रेसन सिन्दूर: ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ को प्रथम रणनीतिक प्रयोग

अप्रेसन सिन्दूर: ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ को प्रथम रणनीतिक प्रयोग

मंगलबार, जेठ २७ २०८२
  • images
    images
    अप्रेसन सिन्दूर: ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ को प्रथम रणनीतिक प्रयोग

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा ‘मेन इन इन्डिया’ अभियानसुरु गरेपछि आधुनिक प्रतिरक्षा शक्तिमा भारतको रूपान्तरणको थालनी भयो । त्यसको लक्ष्य प्रस्ट थियो– विदेशी हतियार आयातमाथिको निर्भरताघटाउने र विश्वस्तरको घरेलु प्रतिरक्षा उद्योग निर्माण गर्ने ।


    images

    यो नीतिले संयुक्त लगानी प्रोत्साहन गर्यो । रक्षा क्षेत्रमा ७४ प्रतिशतसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) हुनसक्ने गरी खुल्ला गरियो । निजी र सार्वजनिक दुवै उत्पादनकर्तालाई देशभित्रै परिष्कृत सैन्य हार्डवेयर निर्माण गर्न भारतले प्रोत्साहन गर्‍यो ।

    त्यसपछि सन् २०२० मा कोभिड–१९ महामारी र चीनसँग गलवान् उपत्यकामा भएको द्वन्द्वले विदेशी आपूर्ति शृङ्खलाको नाजुकता र कार्यात्मक स्व–दिगोपनको आवश्यकतालाई उजागर गरेपछि दोस्रो लहर आयो ।

    यसको प्रतिक्रिया स्वरूप प्रधानमन्त्री मोदीले ‘आत्मनिर्भर भारत’ नीतिलाई अगाडि सारे । जुन आर्थिक नीतिभन्दा बढी राष्ट्रिय सुरक्षा सिद्धान्त बन्न पुग्यो। भारतले प्रमुख प्रतिरक्षा आयातमा चरणबद्ध प्रतिबन्ध लगायो, सशस्त्र बललाई आपत्कालीन खरिद अधिकार दियो र स्वदेशी अनुसन्धान, डिजाइनतथा उत्पादनमा लगानी खन्यायो ।

    सन् २०२५ सम्ममा भारतले रक्षा खरिदमा घरेलु सामग्री अनुपात ३०प्रतिशतबाट ६५ प्रतिशत पुर्‍यायो । जसलाई दशकको अन्त्यसम्म यसलाई९० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

    यो सिद्धान्तको अप्रिल २२, २०२५ मा पाकिस्तान समर्थित आतङ्ककारीलेजम्मु–कश्मीरको बैसरन उपत्यकामा भएको आतंकवादी हमलामा भारतीयनागरिकसहित २६ जनाको हत्या गरेपछि परीक्षण भयो । प्रतिक्रियामाभारतले ‘अपरेसन सिन्दूर’ नामको सैन्य अभियान सुरु गर्‍यो ।

    यस कारबाहीले सीमापार आतङ्कवादी सञ्जाललाई ध्वस्त मात्र पारेन, भारतीय रक्षा प्रणाली रूपान्तरणको पूर्ण रूपमा प्रमाणित गर्‍यो ।

    ‘अप्रेसन सिन्दूर’ ले भारतको स्वदेशमा विकसित हतियार प्रणालीलाई चीनद्वारा आपूर्ति गरिएको पाकिस्तानी सैन्य हतियारविरुद्ध मैदानमा प्रयोग गर्यो । 

    यो कारबाहीमा जे-जे भयो त्यो प्रतिकार मात्र थिएन, ‘मेक इन इन्डिया’ र‘आत्मनिर्भर भारत’ को जुम्ल्याहा सिद्धान्त अन्तर्गत निर्मित सार्वभौमहतियारको प्रथम रणनीतिक प्रयोग पनि थियो ।

    भारतीय हतियार : सार्वभौम प्रणाली, युद्ध–परीक्षण

    ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल

    रुससँग मिलेर बनाइएको, तर धेरैजसो भारतमै निर्मित ब्रह्मोस संसारकैसबैभन्दा तीव्र र सबैभन्दा सटिक क्रुज क्षेप्यास्त्रमध्ये एक हो । यो ‘अप्रेसनसिन्दूर’ मा २९०–५०० किलोमिटर दायरामा २.८–३.० मै उडान भर्दै राडारस्टेसन र ठूलठूला बङ्करलाई लक्षित गरेर प्रहार गरिएको थियो । ब्रह्मोसको गति र ‘लो राडार क्रस सेक्सन’ ले यसलाई रोक्न लगभग असम्भव बनाउँछ ।

    ‘आकाश’ एस.ए.एम र आकाशतिर डिफेन्स सिस्टम

    ‘आकाश’ र ‘आकाशतिर’ भारतको प्रमुख सैन्य अनुसन्धान तथा विकासनिकाय ‘डिफेन्स रिसर्च एन्ड डेभेलोपमेन्ट अर्गानाइजेशन’ (डिआरडिओ) लेभारत डाइनामिक्स (आईडी) द्वारा विकास गरेको भूसतहबाट हावामा प्रहारगर्न सकिने क्षेप्यास्त्र प्रणाली (एसएएम ) हुन् । आकाश २५–३० किमीदायराको सबै मौसममा प्रयोग गर्न सकिने मोबाइल वायु प्रतिरक्षा प्रणाली हो।

    ‘आकाश’ लाई ‘आकाशतिर’ को ‘कमान्ड एन्ड कन्ट्रोल सिस्टम’ सँगएकीकृत गरिएको थियो । ‘आकाशतिर’ कृत्रिम बौद्धिकताले उन्नत पारिएकोवायु रक्षा सञ्जाल हो । यसले डेटामा आधारित ‘रियल टाइम फ्युजन’ कोकाम गर्छ । यो ड्रोन, क्रुज क्षेप्यास्त्र, एयरक्राफ्टसहित धेरै प्रकारका हवाईजोखिमलाई रोक्न सक्षम छ ।

    रुद्रम एन्टी–रेडिएसन क्षेप्यास्त्र

    रुद्रम–१ भारतको पहिलो स्वदेशमै विकसित एन्टी–रेडिएसन क्षेप्यास्त्र हो ।यो सूत्र राडार उत्सर्जनको भित्र पस्छ र वायु रक्षा सञ्जाललाई निष्क्रियबनाउँछ । ‘अप्रेसन सिन्दूर’ मा यसलाई पाकिस्तानी जमिनमा आधारितराडारलाई निष्क्रिय पार्न र नियन्त्रण–रेखाका प्रमुख क्षेत्रहरूमापरिस्थितिजन्य खतरालाई कमजोर बनाउन प्रयोग गरिएको थियो ।

    ब्याटलफिल्ड आईएसआर : नेत्र एयरबोर्न अर्लि वार्निङ एन्ड कन्ट्रोल

    ‘नेत्र’ भारतको स्वदेशमै विकसित, डिआरडिओद्धारा ‘एम्ब्रेअर प्लेटफर्म’ मानिर्मित सम्भावित खतराको जानकारी दिने र त्यसलाई नियन्त्रण गर्ने विमानहो । यसले विपक्षीको क्षेप्यास्त्र र विमानको ‘रियल टाइम ट्रयाकिङ’ गर्छ ।भीषण आक्रमणका समयमा यसले भारतीय विमानलाई सही मार्गमा ल्याउनेकाम गर्‍यो । पाकिस्तानको ‘स्वीडिस साब २०००’ नेत्र एयरबोर्न अर्लि वार्निङएन्ड कन्ट्रोल विमान (एइडब्लुसी) लाई लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्दा‘नेत्र’ को प्रभावकारिता पुष्टि भएको थियो ।

    लोइटरिंग म्यूनिशन (स्काईस्ट्राइकर, हारोप)

    ‘अप्रेसन सिन्दूर’ मा भारतले ‘हारोप’ र ‘स्काई स्ट्राइकर’ ड्रोन तैनाथ गर्‍यो ।यी यस्ता सटिक हतियार हुन्, जो युद्ध भूमिमा घुमिरहन्छन् र शत्रुहरूकागढलाई लक्षित गरी आक्रमण गर्छन् । यी हतियार जापानी ‘कामिकाजे’ प्रविधिबाट बनेका छन् । ‘हारोप’ इजरायली एयर स्पेस इन्डष्ट्रिज(आईएआई) र भारत इलेकट्रोनिक्स लिमिटेड ( बिइएल ) को संयुक्त‘आइएआईबिइएल’ लाइसेन्समा उत्पादन भएको हो ।

    ‘स्काई स्ट्रइकर’ भने एल्टिभ जेभीमार्फत् भारतभित्रै ‘एसम्बल्ड’ गरिएको हो ।यिनको प्रयोग ‘मिनिमल कोल्याट्रल ड्यामेज’ अनुरूप मोबाइल राडार, रक्षकदल, उच्च महत्वका शत्रु पक्षका पूर्वाधार नष्ट गर्न गरिन्छ ।

    डिफोरएस काउन्टर: मानवरहित हवाई प्रणाली

    ‘डिफोरएस काउन्टर’ मानवरहित हवाई सवारी साधन प्रणाली (एचएभीएस) हो । यो भारतको बहुस्तरीय स्वदेशी ड्रोन प्रतिरक्षा प्रणाली हो । यसमाराडार–रेडियो फ्रिक्वेन्सी (आरएफ), ज्यामार, इलेक्ट्रो अपटिक इन्फ्रारेड(इओआई ) सेन्सर, काइनेटिक किल (केके) विकल्पलाई एकीकृत गरिएकोहुन्छ ।

    ‘डिफोरएस’ को अर्थ ‘ड्रोन डिटेक्ट, डिटर एन्ड डिस्ट्रोय सिस्टम’ हो । यसलेचीनमा निर्मित दर्जनौँ पाकिस्तानी ड्रोनहरूलाई निष्क्रिय पार्‍यो । योप्रणालीले भारत प्रतिक्रियात्मक वायु रक्षा प्रणालीबाट आक्रामक विद्युतीययुद्ध प्रणालीमा आफ्नो प्रभुत्व बढाइरहेको देखाउँछ ।

    एम७७७ः अल्ट्रा–लाइट हावित्जर

    यो अमेरिकाबाट आयातित भए पनि भारतको पर्वतीय युद्ध सिद्धान्तसँगएकीकृत गरिएको छ । यसलाई नियन्त्रण रेखा पार नगरीकन वारिबाटैआतङ्कवादी शिविरमा ‘एक्सक्यालिबर प्रेजिसन गाइडेड’ गोला प्रहार गर्नप्रयोग गरिन्छ । द्रुत तैनाथी र हवाई उडान क्षमताका कारणले यो उच्च क्षेत्रकाकारबाहीका लागि उपयुक्त छ ।

    टी–७२ एमविटी र जेएलटी

    भारतले स्तरोन्नति गरेका ‘टी–७२ मैन ब्याटल ट्याङ्क’ र ‘जोराबार लाइटट्याङ्क’ तैनाथ गर्‍यो । यिनले नियन्त्रण–रेखा पारी निगरानी गर्न सक्छन् ।‘जोराबार’ उचाईको भूभागका लागि अनुकूलित नयाँ विकास क्रममा रहेको‘लाइट ट्याङ्क’ हो । यी प्रणालीले चुनौतीपूर्ण उच्च हिमाली भूभागमागतिशीलता र मारक शक्तिका लागि भारतले गरिरहेको लगानीकोप्रतिफललाई सिद्ध गरिरहेका छन् ।

    हवाई प्लेटफर्महरू : राफेल, एसयु–३० एमकेआई र मिराज २०००

    ‘अप्रेसन सिन्दूर’ मा भारतले केही अत्याधुनिक लडाकु जेट विमानहरू तैनाथगर्‍यो । फ्रान्समा निर्मित बहु आयामिक लडाकु विमान राफेलले लामो दूरीकाक्रुज क्षेप्यास्त्र ‘स्काल्फ’ प्रयोग गर्दै शत्रुका सुदृढ किल्लामा द्रुत गतिमाठूलठूला प्रहार गर्‍यो । यसले हावामा १०० किलोमिटरभन्दा बढी टाढाकोलक्ष्यसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू पनि बोकेको थियो । यसबाटभारतलाई हवाई युद्धमा निर्णायक अग्रता मिल्यो ।

    एयु–३० एमकेआई रुसमा डिजाइन गरिएको र भारतीय अनुमतिमा निर्मितडबल इन्जिन भएको भारी लडाकु विमान हो । अर्को यस्तै फ्रान्सेली जेटविमान मिराज २००० ले लचिलो र मारक शक्ति क्षमता प्रदान गर्‍यो । यिनलेहवाई क्षेत्र नियन्त्रण सुनिश्चित गरेका थिए ।

    यी लडाकु जेट विमान ‘नेत्र’ हवाई क्षेत्र प्रारम्भिक चेतावनी तथा नियन्त्रणप्रणालीको सुरक्षा छाताभित्र उडान गरिएका थिए । यिनले आकाशमालेन्सको जस्तै काम गरे । शत्रुका विमानलाई पछ्याउनेदेखि समग्र युद्धक्षेत्रलाई समन्वय गर्ने काम यिनैले गरेका थिए ।

    जबकि ‘रुद्रम एन्टी–रेडिएसन’ क्षेप्यास्त्रहरू शत्रु पक्षको हवाई प्रतिरक्षा दमन(सीइएडी) मिसनद्वारा प्रयोग गरिएका थिए । यसले शत्रु पक्षका राडार रहवाई प्रतिरक्षा प्रणालीलाई असक्षम बनाई हवाई कारबाहीको सुरक्षालाईसुनिशिचत गर्‍यो ।

    पाकिस्तानी हतियार : चिनियाँ प्रणाली र रणनीतिक असफलता

    जेएफ–१७ थन्डर ब्लोक २/३

    पाकिस्तानमा उत्पादित तर चीनको एभिआईद्धारा डिजाइन र निर्माण गरिएको‘जेएफ–१७’ चिनियाँ एभियोनेक्स राडार, इन्जिन (आरडी–९३), हतियारमानिर्भर छ । ‘अप्रेसन सिन्दूर’ को अवधिमा यी विमानले हवाई श्रेष्ठता पाउन र भारतीय आक्रमणको सामना गर्न  सकेनन् । भारतका विद्युतीय हतियार र हवाईप्रतिरक्षाको दबाबमा तिनको सीमित पेलोड, म्याद गुज्रेको राडार र कमजोर क्षमताका हतियार असफल हुन पुगे ।

    अमेरिकी एफ–१६ फाइटिङ फाल्कन्स

    प्राविधिक रूपमा ‘जेएफ–१७’ भन्दा उत्कृष्ट भए पनि ‘एफ–१६’ ‘इन्ड–युजरएग्रिमेन्ट’ (इयुए) मार्फत अमेरिकाद्वारा प्रतिबन्ध गरिएको छ । ती भारतविरुद्धप्रयोग हुन सक्दैनन् । फलस्वरूप ‘अप्रेसन सिन्दूर’ को समयमा तिनलाईप्रयोग गरिएन । युद्ध मोर्चामा पाकिस्तान ‘एयर डोमिनियन्स प्लेटफर्म’विहीनबन्न पुग्यो ।

    एचक्यू–९, एचक्यु–१६ एसएएम प्रणाली

    भारतीय हवाई र क्षेप्यास्त्र आक्रमणलाई रोक्न पाकिस्तानले रुसको ‘एस–३०० एन्ड बक सिस्टम’ को नक्कल गरेर बनाइएको चिनियाँ ‘एचक्यू–९’, ‘एचक्यु–१६’ ‘एसएएम प्रणाली’ तैनाथ गरेको थियो । भारतको बलियोकारबाहीमा ती पूर्णतः असफल भए । यी प्रणालीलाई ब्रम्होस र घुमन्ते ड्रोनप्रणालीले सजिलै बाइपास गरे । जसले गर्दा तिनका गम्भीर कमजोरी बाहिरआए ।

    एलवाई–८० र एफएम–९० हवाई प्रतिरक्षा

    ‘एलवाई–८०’ र ‘एफएम–९०’ हवाई प्रतिरक्षा पुरानो छोटो र मध्यम दूरीका‘एसएएम प्रणाली’ हुन् । यी पनि चीनमै बनेका हुन् । दुवै भारतकाकम उचाईमा उडान गर्ने ड्रोन र सटिक हतियारलाई पत्ता लगाउन र रोक्नअसमर्थ भए । यसले पाकिस्तानलाई विश्वसनीय ‘काइनेटिक रेस्पोन्स’ कोसट्टा निष्क्रिय हवाई प्रतिरक्षामा भर पर्न बाध्य बनायो ।

    सिएच–४ ड्रोन

    सिएच–४ ड्रोन चीनमै बनेका हुन । ‘आईएसआर’ का लागि पाकिस्तानद्वारासघन प्रयोग भएका र हल्का आक्रमण गर्ने सिएच–४ ड्रोन बारम्बार खसे । वा, चल्नै नसक्ने गरी जाम भए । भारतको ‘डि–४ एस’ प्रभुत्व रहेको भूभाग रविद्युतीय हतियारका अगाडि यिनको प्रदर्शन कमजोर रह्यो । पाकिस्तानले‘युएभी’ व्यवस्थापन गर्न टर्कीका ड्रोन अपरेटर ल्याउन परेको समाचारबाहिरियो । जसले पाकिस्तानको उपकरण र जनशक्तिको निर्भरता दुवैकमजोरीलाई बाहिर ल्यायो ।

    स्विडेनको साब २००० एइडब्लुएण्डसी

    पाकिस्तानको प्रमुख पूर्व हवाई चेतावनी प्लेटफर्म स्विडेनको ‘साब २०००एइडब्लुएण्डसी’ नष्ट नै भयो । सम्भवतः एस–४०० प्रणालीले गर्दा त्यो सम्भवभयो । यसले पाकिस्तानको हवाई सावधानी र कमान्ड तथा कन्ट्रोललाईदृष्टिविहीनजस्तो बनाइदियो ।

    अभियानको अन्त्यतिर पाकिस्तानले प्रमुख राडार स्टेसन गुमाउनु पर्‍यो ।पाकिस्तानले प्रमुख ‘एइडब्लुएण्डसी’ विमान, दर्जनौँ ड्रोन र भारतसँग हवाईप्रतिस्पर्धा गर्न सक्ने क्षमता गुमाउन पर्‍यो ।

    युद्ध मैदानको फैसला: भारतको ‘सार्वभौम शक्ति’ विरुद्ध पाकिस्तानको‘प्रोक्सी निर्भरता’

    ‘अप्रेसन सिन्दूर’ मा भारत एक सार्वभौम शक्तिका रूपमा लड्यो । भारतलेस्वदेशी डिजाइन, निर्माण र तैनाथ गरिएका सटिक उपकरणमार्फत युद्धभूमिमा अतुलनीय नियन्त्रण गर्‍यो ।

    पाकिस्तान उत्कृष्टताका लागि हैन, निर्यातका लागि बनाइएका चिनियाँहार्डवेयरमा भर परेर ‘प्रोक्सी फोर्स’ का रूपमा लड्यो । जब चुनौतीमा यीप्रणाली असफल भए त्यसले इस्लामावादको प्रतिरक्षा शैलीको अन्तर्यमारहेको खोक्रोपन उजागर भयो ।

    यो नतिजाप्रति विश्व बजारले प्रतिक्रिया दियो । भारतको प्रतिरक्षा शेयरबजार वृद्धि भयो । पारस डिफेन्स एन्ड स्पेसले मे महिनामा ४९ प्रतिशतकोवृद्धि गर्‍यो । एमटिएआर प्रविधि र डाटा सूत्रले लगानीकर्ताको विश्वास जिते।

    यसको विपरीत, अप्रेसन सिन्दूरपछि चिनियाँ प्रतिरक्षा स्टकमा तीव्र गिरावटआयो । युद्ध भूमिले एभिआईसी, नोरिन्को, सिइटिइको बजारीकरणप्रयासलाई गलत साबित गरिदियो ।

    ‘अप्रेसन सिन्दूर’ एक सैन्य अभियान मात्र थिएन । यो प्रविधि प्रदर्शन, एकबजार सङ्केत रणनीतिक मार्गचित्र थियो । भारतले संसारलाई आधुनिकयुद्धमा आत्मनिर्भरता भनेको कस्तो हुन्छ भनेर देखायो । र यो प्रमाणित गर्‍योकि ‘आत्मनिर्भर भारत’ ले युद्ध स्तरमा काम गरिरहेको छ ।

    -लेखक जोन स्पेन्सर अमेरिकी सेनाका पूर्व अफिसर, युद्ध विशेषज्ञ, अर्वान वारफेयर इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा ‘अन्डरस्टान्डिङ अर्बान वारफेयर’ पुस्तकका सहलेखक हुन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार